Breaking News
‘निजी विद्यालय पनि सरकारको सन्तान हो, फरक दृष्टिले नहेरियोस्’

‘निजी विद्यालय पनि सरकारको सन्तान हो, फरक दृष्टिले नहेरियोस्’

२६ फागुन, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भए । काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

यसअघि उनी केन्द्रीय उपाध्यक्ष थिए । सोमबार प्याब्सनले अन्य पदका नेतृत्व पनि चयन गर्ने छ ।

‘अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ । नभए लोकतान्त्रिक विधि अनुसार निर्वाचनबाट चयन हुन्छ,’ नवनिर्वाचित अध्यक्ष अधिकारीले भने, ‘सबै पक्षलाई मिलाएर प्याब्सनलाई अगाडि बढाउँछु ।’

२२ वर्षको उमेरदेखि शिक्षा क्षेत्रमा लागेर अहिले प्याब्सनको नेतृत्वमा आइपुगेको अधिकारीले बताए । ‘२२ वर्षको उमेरमा भ्याली पब्लिक स्कुल खोलेको थिएँ । स्कुलको उमेर ३२ वर्षको भयो,’ उनले भने ।

विद्यालय शिक्षा ऐन बन्न प्रक्रियामा रहेकाले ऐनमा निजी विद्यालयका विषय समावेश गर्न भूमिका खेल्ने योजना उनले सुनाए । ‘निजी विद्यालयलाई कम्पनीमा राख्ने सरकारसँग सहमति भएको छ । सोही अनुसार ऐन बनाउनु पर्ने छ । समय सुहाउँदो ग्लोबल एजुकेसनमा जोड दिने योजना छ,’ उनले भने ।

निजी विद्यालय पनि सरकारकै सन्तान भएकाले फरक दृष्टिले नहेर्न उनले अनुरोध गरे । ‘प्याब्सन सरकारको विरोधी संस्था होइन । सरकारको एउटा सन्तान हो । सरकारले सामुदायिक र निजी विद्यालयलाई फरक दृष्टिकोणमा हेर्नुहुँदैन,’ अधिकारीले भने ।

सरकारी विद्यालय राम्रो भए स्वत विद्यार्थी सरकारीमै जाने भएकाले आफूहरूले विद्यार्थी तानेर निजीमा नल्याएको उनले बताए । ‘विकसित देशमा जहाँ निशुल्क शिक्षा छ त्यहाँ पनि निजी विद्यालय छन् । हामीले हात समातेर विद्यार्थी ल्याएको पनि होइन । अभिभावकले पैसा तिरेर पढाउँछु भन्नु भनेको निजीको सम्मान हो,’ उनले भने, ‘सरकारी स्कुल राम्रो भयो भने निजीमा पढाउन जाउ भन्नै पर्दैन । अभिभावकले आफ्ना बालबबालिका सरकारीमै पढाउँछन् ।’

जनसंख्या घट्दो क्रममा रहेकाले निजी र सामुदायिक सबै विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै जानु चिन्ताको विषय भएको उनले बताए । ‘बच्चा नजन्मेका कारण निजी र सामुदायिक विद्यालयमा समस्या परेको छ । सरकारसँग मिलेर काम गर्नुपर्ने छ,’ उनले भने ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.