Breaking News
अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोल्ने कन्सल्टेन्सीलाई कार्वाही हुने

अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोल्ने कन्सल्टेन्सीलाई कार्वाही हुने

माघ, २१, काट। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई सेवा सञ्चालन गर्न अनुमति लिएको स्थानभन्दा बाहिर शाखा नखोल्न निर्देशन दिएको छ । मन्त्राललले अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोल्ने कन्सल्टेन्सीलाई कार्वाही हुने भएको हो ।

‘मन्त्रालयवाट सञ्चालन अनुमति दिएको स्थानभन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको हुँदा अनुमति पाएको विषय, क्षेत्र र स्थानबाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा खोली सेवा प्रदान नगर्न शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका-२०७३ को दफा १४ बमोजिम निर्देशित गरिएको छ,’ मन्त्रालयले भनेको छ ।

अधिकार क्षेत्र बाहिर गएर शाखा खोलेमा स्वीकृति रद्द गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका-२०७३ ले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द हुन सक्ने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।

FB_IMG_1738577784670.jpg

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.