Breaking News
राष्ट्रिय किताबखानामा शिक्षामन्त्री भट्टराईको छड्के अनुगमन

राष्ट्रिय किताबखानामा शिक्षामन्त्री भट्टराईको छड्के अनुगमन

माघ, २३/ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा बुधबार दिउँसो शिक्षामन्त्री भट्टराई छड्के गरेकी हुन् ।

शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई बुधबार आफैं किताबखाना पुगेको बताईन्।

अनुगमनका क्रममा मन्त्री भट्टराईले पेन्सनपट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशमा नयाँ व्यवस्था भएकाले सोही अनुसार कार्य अघि बढाउन निर्देशन दिएकी छन् । उनले किताबखानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै त्यस्तो नगर्न आग्रह गरिन् ।

अनुगमनमा मन्त्रीहरूकै कारणले केही कुरामा आफूहरू समस्यामा पर्ने गरेको कर्मचारीहरूको गुनासो गरेका थिए । ‘मन्त्रीकै आदेशबाट विद्यालयमा हाजिर गराउनु भनेर भनेको बेलामा हामीले कति समस्या हुन्छ होला ?,’ अनुगमनमा पुगेकी शिक्षामन्त्री भट्टराईलाई एक कर्मचारीले प्रश्न गरे ।

राष्ट्रिय किताबखाना (शिक्षक) मा पेन्सनपट्टाका लागि कहिले ५० बढी फाइल हुन्छन् त कहिले ५–७ वटा । पेन्सनपट्टा बनाउन सातै प्रदेशबाट शिक्षक काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ ।


Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.