Breaking News
शीतलहरका कारण तिलोत्तमा र बर्दघाटका  विद्यालय बन्द

शीतलहरका कारण तिलोत्तमा र बर्दघाटका विद्यालय बन्द

२५ पुस, बुटवल । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् ।

तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

शीतलहरका कारण चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले ५० दिने वार्षिक बिदाबाबा समायोजन गर्ने गरी विद्यालय बन्द गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

यस्तै बर्दघाट नगरपालिकाले पनि पुस २४ देखि २६ गतेसम्म विद्यालय बन्द गरेको छ ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.