Breaking News
स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत

स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत

माघ, २३ गते/ काठमाडौ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन्। बुधबार विश्वविद्यालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गरेपछि चुनावमा सहभागी हुन विद्यार्थी संगठन तयार भएका हुन् ।

शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो। तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए ।

परिषद्का सदस्य सचिव पशुपतिका अनुसार ‘चुनाव गराउनेमा सबै विद्यार्थी संगठनका प्रतिनिधिले प्रतिबद्धता जनाएको बताए । उनले भने, 'चुनावको माहोल बनेको छ|'

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले पनि स्ववियु चुनाव ५ चैतमा गर्न सहमत भएको बताए । ‘स्ववियु चुनाव गर्ने सहमति भएको छ,’ उनले भने । कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्न लागिएको हो । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो ।

बैठकले स्ववियु चुनाव निर्देशिका परिमार्जन गर्न कानुनी सल्लाहकारलाई दिने निर्णय बैठकले गरेको छ । स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.