माघ, १६ गते/ काठमाडौँको। काठमाडौ महानगरपालिकाको छाउनिस्थित फ्यूचर स्टार इङ्लिस सेकेन्डरी स्कुलको वार्षिक खेलकुद सप्ताह उद्घाटन भएको छ। मंगलबार एक भब्य साँस्कृतिक नृत्य तथा कला प्रस्तुति गर्दै वार्षिक खेलकुद सप्ताह (Sports Meet- 2081) उद्घाटन भएको हो।
खेलकुद सप्ताहमा विद्यालयका करिब ३ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागी रहने सहायक प्रिन्सिपल प्रोसन राज भण्डारीले बताउनुभयो।
खेलकुदबाट शारीरिक बिकास साथसाथै मानसिक बिकासमा समेत मद्दत पुर्याउने र विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल मनोज श्रेष्ठले बताउनुभयो । विद्यार्थीहरुको मानसिक विकासको लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरुले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् । त्यसैले वौद्धिक विकासको लागि शारीरिक तन्दुरुस्ती महत्वपूर्ण हुन्छ श्रेष्ठले भन्नुभयो।
खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्याउने भएकोले खेललाइ व्यावसायिक रुपमा स्थापित गर्न स्कुल/ कलेजले खेल आयोजना गरेको प्रिन्सिपल श्रेष्ठको भनाई थियो।
स्पोर्ट्स मिट उद्घाटन समारोहको संचालन सहायक प्रिन्सिपल प्रमोस राज भण्डारीले गर्नुभयो।
2025 © Education Manch. All Rights Reserved.