Breaking News
कटहरियामा १२ हजार विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित

कटहरियामा १२ हजार विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित

रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत हजारौँ विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित भएका छन्। केही समय अघि विशेष अदालतबाट सफाइ पाएर पुनः पद बहाली भएका  मेयर अजयप्रकाश जैसवालको लापरबाहीको  कारण हजारौँ विद्यार्थीको भविष्य अन्योल बनेको हो।

Tata
RATOPATI PATRO
Ratopati Games

कटहरिया नगरक्षेत्र भित्र ५ वटा मावि,५ निमावि र १४ प्रावि गरी कुल २४ सामुदायिक विद्यालयमा कक्षा १ देखी १० सम्म १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको पूर्व नगर शिक्षा संयोजक अनिल कुमार निधिले बताएका छन्।

Laxmi sunrise bank 2034

यस आर्थिक वर्षमा नयाँ शैक्षिकसत्र गत वैशाखमा सुरु भएको थियो। शैक्षिकसत्रको हिसाबले गत कार्तिक मसान्त भित्र अर्धवार्षिक परीक्षा सम्पन्न हुनुपर्ने शिक्षकहरूले बताएका छन्।

Shivam Cement

नगरक्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयहरूमा त्रैमासिक परीक्षा विद्यालय स्वयं आफ्नो स्रोत साधनले गराउने बाँकी अर्धवार्षिक र वार्षिक परीक्षा गराउन नगरपालिकाले व्यवस्था गर्दै आएको मावि भसेढवाका प्रधानाध्यापक राममंगल यादवले बताए।

Nabil bank

तर पुस महिनाको अन्तिम सातासम्म पनि नगरपालिकाले स्रोत साधन उपलब्ध नगराएको कारण कटहरियाको कुनै पनि सामुदायिक विद्यालयमा हालसम्म अर्धवार्षिक परीक्षा हुन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिए।

यसरी निर्धारित समय भन्दा ३ महिना बढी बित्दा पनि हालसम्म अर्धवार्षिक परीक्षाको सुरसारसम्म नहुँदा हजारौँ विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको अभिभावकहरूले गुनासो गरेका छन्।

कटहरिया ७ का वडा अध्यक्ष सहिद मियाँ दर्जीले परीक्षा गराउन लाग्ने खर्च विद्यालयहरूलाई समयमा नदिनु मेयर जैसवालको चरम लापरबाही रहेको गुनासो गरेका छन्।

अर्धवार्षिक परीक्षा सञ्चालन गर्न लाग्ने खर्च उपलब्ध गराउन पटक पटक नगर शिक्षा समितिसँगै नगरपालिका लाई आग्रह गर्दा कसैले वास्ता नगरेको शिक्षकहरूको गुनासो रहेको छ।

नगर शिक्षा संयोजक सुरेन्द्र ठाकुरले नगरपालिका र मेयरको बचाउ गर्दै वडा अध्यक्षहरूले वार्षिक र अर्धवार्षिक परीक्षाको लागि रकम न छुट्याएकाले समयमा हुन नसकेको भन्दै ढाँट्न खोजेका छन्।

ठाकुरले हाल नगरपालिकामा तालाबन्दी भएको कारण कठिनाइ भएपनि अर्धवार्षिक परीक्षाको खर्च जुटाउन आफू प्रयासरत रहेको भन्दै पन्छिएका छन्। कटहरियाकी उपमेयर रिता देवी यादवले शिक्षा संयोजक सुरेन्द्र ठाकुरले मेयरलाई बचाउ गर्न झुटो बोलिरहेको बताएकी छिन्।

आफू निर्वाचित भए देखिनै नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक र वार्षिक परीक्षा गराउन लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले दिँदै आएको छ र अहिले वडा अध्यक्षको नाम राखेर हुन्छ उपमेयर यादवले दाबी गरेकी छिन्।

उल्लेखनीय छ नगरपालिकामा जनप्रतिनिधिहरूले यही पुस ९ गते तालाबन्दी गरेका थिए जबकि परीक्षा कात्तिक मसान्तमा हुनुपर्ने हो।

इन्धन, डिपिआर, आर्थिक सहयोग, करार कर्मचारीको तलब लगायत मनपरी शीर्षकमा करोडौँ करोड रुपैयाँको बजेट चलाउने कटहरियाका मेयर अजय प्रकाश जैसावलले हजारौँ विद्यार्थीको भविष्य सँग प्रत्यक्षरुपमा खेलबाड गरिरहेको नगरवासीले दुःखेसो पोखेका छन्।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.