फागुन, १३ गते/ काठमाडौ। विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि २०८१ तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन (पहिलो संसोधन) निर्देशिका, २०८० अनुरुप उच्च शिक्षामा पहुँच अभिबृद्धिका लागि अपाङ्गता भएका, आर्थिक रूपले विपन्न वा दलित, शहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा छात्रवृत्तिका लागि आवेदन माग गरेको हो।
न्यूनतम् योग्यता पूरा गरेका आर्थिक वर्ष २०८१/०८२ मा स्नातक/स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूबाट यही २०८१ चैत्र १३ गतेभित्र छात्रवृत्तिसम्बन्धी दरखास्त फारम आयोगको वेभसाइट www.ugcnepal.edu.np मा भएको Scholarship मा Click गरी Online माध्यमबाट भरी निर्धारित आवश्यक कागजात तथा सिफारिस पत्रसमेत Upload गर्नु जानकारी दिइएको छ ।
१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. सम्बन्धित शैक्षिक संस्थामा भर्ना भएको प्रमाण (भर्ना विल वा सिफारिस पत्र)
३. सिफारिस पत्र (अनुसूची २) वेवसाइटको Scholarship बाट डाउनलोड गरी सम्बन्धित निकायबाट सिफारिस भएको ।
४. पछिल्लो शैक्षिक उपाधिको ट्रान्सक्रिप्टको प्रतिलिपि
५. खातावाला विद्यार्थीको बैंक खाताको चेकबुकको प्रतिलिपि (राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक
६. लिमिटेड र कृषि विकास बैंक) सम्बन्धित वर्ग खुल्ने प्रमाणपत्र र सिफारिस पत्र
(क) शहीद वा द्वन्द्व पीडितका छोराछोरीका हकमा सम्बन्धित स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय वा नेपाल सरकारले तोकेको निकायबाट शहीद वा द्वन्द्व पीडितका छोराछोरी भएको भन्ने सिफारिस पत्र
(ख) अपाङ्गको हकमा अपाङ्गतासम्बन्धी प्रमाण (अपाङ्गताको वर्ग खुलेको हुनुपर्ने)
(ग) दलितको हकमा दलित जातजाति भएको प्रमाण (घ) मुक्त कमलरीको हकमा मुक्त कमलरी भएको प्रमाण
(ङ) मुस्लिम महिलाको हकमा मुस्लिम भएको प्रमाण
(च) आर्थिक रूपले विपन्नको हकमा नेपाल सरकार वा अन्तर्गतका निकायद्वारा विपन्न घरपरिवार भनी जारी/सिफारिस प्रमाणपत्र आयोगबाट छात्रवृत्तिका लागि छनौट भई पहिलो, दोस्रो तथा तेस्रो किस्ता प्राप्त गरेका विद्यार्थीले उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन (पहिलो संसोधन) निर्देशिका, २०८० को अनुसूची-५ को फारम भरी बाँकी रहेको किस्ता प्राप्तिका लागि प्रगति विवरण (लब्धाङ्क पत्र) समेत संलग्न गरी पेश गर्नुपर्नेछ । पहिला छात्रवृत्ति प्राप्त गरिसकेका विद्यार्थीहरूले अनिवार्य निम्नानुसारको कागजात upload गर्नुपर्नेछ ।
१. अनुसूची-५
२. प्रगति विवरण (लब्धाङ्क पत्र)
३. खातावाला विद्यार्थीको बैंक खाताको चेकबुकको प्रतिलिपि (बैंकको नाम, खाता नम्बर, बैंकको ठेगाना आदि) तोकिएको अन्तिम मिति पछि प्राप्त भएका वा आवश्यक कागजातहरू संलग्न नभएका आवेदन उपर कुनै कारवाही गरिने छैन। आयोगबाट एकै तहमा अध्ययनका लागि कुनै पनि विद्यार्थीलाई दोहोरो छात्रवृत्ति उपलब्ध गराइने छैन ।
पुनश्चः
१. आर्थिक रुपले विपन्न वा दलित कोटाअन्तर्गत NEHEP कार्यक्रमबाट प्रदान गरिने छात्रवृत्ति परियोजना अवधिभर मात्र प्रदान गरिनेछ ।
२. नयाँ आवेदन दिने शहीद तथा द्वन्द्व पीडितका सन्तति र अपाङ्गता भएका विद्यार्थीबाहेक अन्य वर्गका लागि आवेदन दिने समयमा स्नातक तहको लागि २५ वर्ष र स्नातकोत्तर तहको लागि ३० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
३. छात्रवृत्ति नविकरण गर्नुपर्ने विद्यार्थीले नयाँ आवेदन पेश गरेमा सो आवेदन मान्य हुनेछैन ।
2025 © Education Manch. All Rights Reserved.