Breaking News
काठमाडौं विश्वविद्यालयमा अंग्रेजी तथा आमसञ्चार र पत्रकारितामा स्नातक तहको कार्यक्रम सुरू

काठमाडौं विश्वविद्यालयमा अंग्रेजी तथा आमसञ्चार र पत्रकारितामा स्नातक तहको कार्यक्रम सुरू

काठमाडौं विश्वविद्यालयले अंग्रेजी तथा आमसञ्चार र पत्रकारिता विषयमा स्नातक तहको कार्यक्रम सुरू गरेको छ।

स्कुल अफ आर्टस् अन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने सो कार्यक्रमका कक्षा यही माघ महिनादेखि सुरू गरिने विश्वविद्यालयले जानकारी दिएको छ।

चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणाली अन्तर्गत आठ सेमेस्टरमा पठनपाठन हुने र विद्यार्थीहरूले एउटै शैक्षिक उपाधिबाट अंग्रेजी तथा आमसञ्चार र पत्रकारिता गरी दुईवटा विधाको विशिष्टिकृत ज्ञान तथा सिप हासिल गर्न पाउने विश्वविद्यालयको स्कुल अफ आर्टसकी डीन एक्कुमाया पुनले बताइन्।

'काठमाडौं विश्वविद्यालय नयाँ र मौलिक कार्यक्रमहरूमार्फत विद्यार्थीको पेसागत सिप एवं बौद्धिक क्षमता अभिवृद्धि गर्न र व्यावसायिक उत्कृष्टता कायम राख्न प्रतिबद्ध छ। आजका स्नातकहरू बहुविधामा निपूर्ण हुनुपर्ने हुनाले हामीले पनि यस कार्यक्रमलाई बहुविधात्मक ढाँचामा तयार गरेका छौँ,' उनले भनिन्।

एक सय २० क्रेडिटको यस कार्यक्रमले विद्यार्थीको भाषिक सक्षमता, समालोचनात्मक दृष्टिकोण, रचनात्मक लेखन र अन्तरविषयगत अध्ययनलाई प्राथमिकतामा राखेको छ। अंग्रेजी भाषाको दक्षतालाई विशेष महत्त्व दिँदै साहित्यिक विधाहरू तथा बहुविधात्मक सांस्कृतिक अध्ययनका साथसाथै मिडिया अध्ययन, अनुसन्धान र सञ्चार रणनीतिहरू पनि पाठ्यक्रममा समेटिएको छ।

सहभागितामूलक र रुपान्तरणमूखी पद्धतिका माध्यमबाट यो चार वर्षे कार्यक्रमले विद्यार्थीलाई अंग्रेजी भाषा, साहित्य, आमसञ्चार तथा पत्रकारिता र सांस्कृतिक अध्ययनजस्ता विषयमा दक्ष बनाउँदै भविष्यका विविध शैक्षिक, व्यावसायिक तथा सांस्कृतिक भूमिकाको लागि तयार पार्दछ।

Laxmi bank

'यस कार्यक्रमले स्नातकहरूलाई शिक्षा, पत्रकारिता, प्रकाशन, जनसम्पर्क, अनुसन्धान, गैर–सरकारी संगठनहरू, कर्पोरेट सञ्चार र अन्य धेरै क्षेत्रमा प्रभावशाली काम गर्न सघाउँछ,'  पुनले भनिन्।

कार्यक्रमको बारेमा प्रकाश पार्दै प्राध्यापक डा. अभि सुवेदीले भाषा, साहित्य तथा आम सञ्चारलाई जोड्दै अध्ययनललाई वैश्विक रुपमा सान्दर्भिक बनाउने काठमाडौं विश्वविद्यालयको प्रयास सराहनीय भएको बताए।

Ncell

'साहित्य र आम सञ्चारको काम नै स्थापित मान्यता र मानकहरूलाई भत्काउने हो, र त्यस कर्ममा यो कार्यक्रम सफल भएको छ,' उनले भने।

कक्षा १२ वा सो सरह अध्ययन पूरा गरेका विद्यार्थीका लागि यो कार्यक्रम खुला छ। कार्यक्रममा जम्मा २० जना विद्यार्थी भर्ना लिइनेछ। कार्यक्रम अन्तर्गत कक्षाकोठा शिक्षण, इन्टर्नशिप, परियोजना कार्य, अनुसन्धान लगायत आन्तरिक तथा बाह्य परीक्षण विधिमार्फत विद्यार्थीको सिकाइको अनुगमन तथा मूल्यांकन गरिन्छ।

यस कार्यक्रमका स्नातकहरूबाट विभिन्न क्षेत्रमा योगदान दिने लक्ष्य विश्वविद्यालयले राखेको छ। जसमध्ये सरकारी सेवा, शैक्षिक क्षेत्र, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरू छन्। अंग्रेजी भाषा, साहित्य र पत्रकारिता शिक्षण, प्रकाशन गृहहरूमा सम्पादकीय कार्य, अनुसन्धान र विकास, कर्पोरेट सञ्चार र जनसम्पर्क, सरकारी सेवा, अनुवाद र व्याख्या, सांस्कृतिक कूटनीति, फिल्म र विज्ञापन, साहित्यिक आलोचना, परामर्श र कपिराइटिङ आदि विशिष्ट व्यावसायिक विकल्पका लागि विद्यार्थीहरूलाई यो शैक्षिक कार्यक्रमले योग्य तुल्याउने विश्वविद्यालयले विश्वास लिएको छ।

भाषा तथा आमसञ्चार विभागले यसअघि मिडिया अध्ययनमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूका साथै सञ्चार, अअंग्रेजी र नेपालीमा विद्यावारिधि कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ।

चलचित्र निर्माण, प्राज्ञिक लेखन तथा सञ्चार सिद्धान्तको विपश्चिमीकरण तथा मौलिक सिद्धान्तीकरण लगायतका विषयहरूमा अल्पकालीन शैक्षिक कार्यक्रम पनि विभागले सञ्चालन गर्दछ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.