Breaking News
स्मार्ट बोर्डबाट पढाइ, शतप्रतिशत नतिजा ल्याउने लक्ष्य

स्मार्ट बोर्डबाट पढाइ, शतप्रतिशत नतिजा ल्याउने लक्ष्य

बैतडी, माघ २४ गते। सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन ज्ञानेश्वर माविले कक्षा १ देखि १२ सम्म कम्युटर, प्रोजेक्टर र स्मार्ट बोर्डमार्फत् पठनपाठन गरेर शतप्रतिशत नतिजा ल्याउने लक्ष्य राखेको छ। अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई)  परीक्षा दिने विद्यार्थीलाई आवासीय सुविधा दिएर बिहान ५ बजेदेखि नै पढाउन थालिएको छ।

पाटन नगरपालिका-९, विजयपुरस्थित ज्ञानेश्वर माविले एसइई परीक्षा दिने विद्यार्थीका लागि विशेष तयारी कक्षा र अन्य कक्षाका विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेको हो। एसइई दिने विद्यार्थीलाई आवासीय सुविधासमेत उपलब्ध गराएपछि विद्यार्थी विद्यालयमै बसेर अध्ययन गरिरहेका प्रधानाध्यापक पुष्पराज जोशीले बताउनुभयो।  


अतिरिक्त कक्षा सञ्चालन गर्दा ज्ञानेश्वर माविले गत २०८० को एसइई परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको थियो। सोही अभ्यासलाई यो वर्ष दोहो¥याएको विज्ञान शिक्षक कृष्ण विष्टले बताउनुभयो। उहाँले, चैत ७ गतेदेखि हुने २०८१ को एसइई परीक्षामा ६१ जना विद्यार्थी रहेको बताउनुभयो। 


विद्यालयको पठनपाठन स्तरीय बनाउन स्मार्ट बोर्ड, कम्प्युटर, इन्टरनेट, प्रोजेक्टर जस्ता उपकरणले पढाइमा विद्यार्थीको रुचि जागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिस विष्टले बताउनुभयो। 


करिब पाँच सय विद्यार्थी अध्ययनरत ज्ञानेश्वर माविले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ तीन वर्षे सव इञ्जिनियर विषयको समेत पढाइ सञ्चालन गरिरहेको छ। ज्ञानेश्वर माविलाई नेपाल सरकारले नमुना विद्यालयसमेत घोषणा गरेर थप सेवा सुविधा उपलब्ध गराइरहेको सहायक प्रधानाध्यापक धनबहादुर महराले बताउनुभयो। 


आवासीय सुविधाको उपभोग गर्दै ज्ञानेश्वर माविका विद्यार्थी। तस्बिरः गोकर्ण दयाल 

 

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.