Breaking News
काठमाडौं महानगरद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया

काठमाडौं महानगरद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया

फागुन, १० गते। काठमाडौं महानगरपालिकाको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक सुधारका पहल र आगामी कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। शुक्रवार काभ्रेको पनौतिस्थित डाइमन्ड रिसोर्टमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

FB_IMG_1740187738321.jpg

अन्तरक्रियामा सामुदायिक विद्यालयहरूले हालसम्म गरेका शैक्षिक सुधारका गतिविधिहरूको समीक्षा गरिनुका साथै भविष्यमा अझ प्रभावकारी रणनीति अपनाउने विषयमा गहन छलफल भएको जनाइएको छ। प्रधानाध्यापकहरूले आ-आफ्ना अनुभवहरू साझा गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि सहकार्य र नवीन पहलहरू आवश्यक रहेको उल्लेख गरे।

FB_IMG_1740187742542.jpg

काअन्तरक्रियामा सहभागीहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधारलाई दिगो बनाउन नीति निर्माण, स्रोत व्यवस्थापन, प्रविधिको उपयोग, र विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उपायहरूमाथि विमर्श गरे।

काठमाडौं महानगरपालिकाले आगामी दिनहरूमा सामुदायिक विद्यालयहरूलाई थप सबलीकरण गर्दै गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अन्तरक्रिया कार्यक्रम आज सम्पन्न हुने जानकारी दिएको छ। 

FB_IMG_1740187745938.jpg


Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.