Breaking News
जीतपुरसिमरा उपमहानगरले शिक्षकको खाताम सिधै तलब पठाउन थाल्यो

जीतपुरसिमरा उपमहानगरले शिक्षकको खाताम सिधै तलब पठाउन थाल्यो

फागुन, ७ सिमरा। बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले जिल्लामै पहिलोपटक शिक्षकको खातामा सिधै तलब पठाउन शुरु गरेको छ । यसअघि मासिक रुपमा विद्यालयको खातामा तलब निकासा गर्दै आएको उपमहानगरले फागुनदेखि शिक्षककै खातामा सिधै तलब निकासा हुने व्यवस्था मिलाएको हो ।

उपमहानगरपालिकाका शिक्षा अधिकृत खुलप्रसाद गौतमका अनुसार सोमबार सबै शिक्षकको माघ महिनाको तलब ब्यक्तिगत खातामा निकासा भइसकेको छ । यसअघि उपमहानगरपालिकाले विद्यालयको खातामा तलब पठाउने गरेको थियो ।

विद्यालयको खातामा उपमहानगरपालिकाले पठाएको पैसा फेरि शिक्षकको खातामा पठाउन प्रधानाध्यापकहरुले एकसातासम्म लगाउने गरेका थिए । लेखापाल नभएका आधारभूत विद्यालयका प्रधानाध्यापकहरुलाई तलब निकासा अतिरिक्त बोझका रुपमा रहेको थियो ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.