फागुन, ६ गते काठमाडौ। संस्कृत विश्वविद्यालयको जग्गा छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री केपी सर्मा ओलिलाई हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरुको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुुपर्ने कदमका विषयमा सुुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुुझाउनुुभएको हो ।
यसअघि नेपाल सरकार (मन्त्रिपरिषद्) को गत असार २० गतेको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो ।
पाँच सदस्यीय जग्गा खोजबिन समितिले तयार पारेको प्रतिवेदनमा दाङ र देउखुरी क्षेत्रमा रहेको विश्वविद्यालयको ठूलो क्षेत्रफल अतिक्रमणमा परेको र केही जमिन राप्ती नदीले कटान गरेको निष्कर्ष सहित प्रतिवेदन हस्तान्तरण गरिएको जनाइएको छ। समितिले अतिक्रमित जमिनको संरक्षण र उपयोगका लागि सरकार र राजनीतिक दलहरूको सहकार्य आवश्यक रहेको सुझाव दिएको छ।
संयोजक पौडेलले जग्गालाई उपयोगमा ल्याउन लिजमा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक हुुने सुुझाव दिनुुभयो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले विश्वविद्यालयका सम्पत्तिको संरक्षण र अतिक्रमण रोकथामका लागि आवश्यक कदम चालिने प्रतिबद्धता जनाउनुभएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईज्यूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
2025 © Education Manch. All Rights Reserved.