काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अनुगमन निर्देशनालयको उपनिर्देशकमा डाक्टर पुष्करसिंह रैखोला र विकास कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
त्रिवि कार्यकारी परिषद्को बैठकले दार्चुलाका रैखोला र गोरखाका श्रेष्ठलाई उपनिर्देशक पदमा नियुक्त गरेको हो । उनीहरू दुवै त्रिविका सहप्राध्यापक हुन् ।
रैखोलाले त्रिविबाट जापान सरकारको प्रतिष्ठित ज्यासो छात्रवृत्तिमा समाज कल्याण विषयमा विद्यावारिधि गरेका हुन् । अनुगमन निर्देशनालयको सदस्य पदमा रहेर कामकाज गर्दै आएका थिए । महेन्द्र रत्न क्याम्पस ताहाचलमा लामो समय अध्यापन गराएका रैखोलाले हाल शिक्षाशास्त्र संकाय केन्द्रीय विभागमा दरबन्दीमा रही अनुगमन निर्देशनालयमा काजमा खटिएका थिए ।
त्यस्तै सहप्राध्यापक श्रेष्ठ पूर्वक्याम्पस प्रमुख हुँदै हाल अनुगमन निर्देशनालयको सदस्य हुन् । त्रिवि अनुगमन निर्देशनालयको रिक्त उपनिर्देशकहरूमा नियुक्तिका लागि छनोट तथा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले खुला रूपमा आवेदन आह्वान गरेको थियो ।आवेदन गर्नेहरूमध्येबाट परिषद्ले श्रेष्ठ र रैखोलालाई छानेको हो ।
2025 © Education Manch. All Rights Reserved.