Breaking News
पोखरा विश्वविद्यालयको दीक्षान्तमा प्रधानमन्त्री आउनुहुने

पोखरा विश्वविद्यालयको दीक्षान्तमा प्रधानमन्त्री आउनुहुने

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन ८ गते । पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोह बिहीबार बिहान हुँदै छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अन्तर्गत २०५४ सालमा स्थापना भएको विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।

शिक्षाविद् एवम् समाजसेवी जोर्ज जोनको प्रमुख आतिथ्ययतामा पोखरा विश्वविद्यालय खुदीमा हुने समारोहको तयारी पूरा भइसकेको सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो । भारतको केरला राज्यमा जन्मिनुभएका जोनले पृथ्वीनारायण क्याम्पस, महेन्द्र क्याम्पस, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, दीपेन्द्र प्रहरी स्कुल, गण्डकी बोर्डिङ स्कुल, गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स लगायतका संस्थामा प्रधानाध्यापक, सहायक डीन र प्राध्यापकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ ।

बिहीबारको हुने २० औँ दीक्षान्तमा दीक्षित हुने विद्यार्थीको सङ्ख्या ७ हजार ८ सय ७२ छ । २० औँ दीक्षान्तमा डिन लिस्टको उपाधिमा विभिन्न विधाका सात सय ४५ विद्यार्थी छन् । पोखरा विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह २०५८ माघ ७ गते सम्पन्न भएको थियो । यसअघि पोखरा विश्वविद्यालयबाट ६३ हजार पाँच सय ५८ विद्यार्थी दीक्षित भइसकेका छन् । 

पोखरा महानगरपालिका वडा नम्बर ३०, खुदी, ढुङ्ेपाटनमा रहेको यो विश्वविद्यालयका करिब ११४ रोपनी क्षेत्रफलमा छ । यही परिसरमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, प्राज्ञिक भवनहरू, पुस्तकालय, प्रयोगशाला तथा पोखरा विश्वविद्यालय शिक्षण अस्पताल छन् । 

पोखरा विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान, तथा मानविकी तथा सामाजिक शास्त्र गरी सङ्कायका शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धन प्राप्त महाविद्यालयहरूमा ६८ कार्यक्रम सञ्चालित छन् । जहाँ अहिले ३९ हजार सात सय १० विद्यार्थी छन् । 


Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.