Breaking News
एसईई नन् ग्रेडेड विद्यार्थीले प्रि-डिप्लोमा पढ्न पाउने व्यवस्था लागू।

एसईई नन् ग्रेडेड विद्यार्थीले प्रि-डिप्लोमा पढ्न पाउने व्यवस्था लागू।

काठमाडौँ : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नन ग्रेडेड भएका विद्यार्थीहरूलाई प्रि-डिप्लोमा तहमा पढ्न दिने व्यवस्था शुरु गरिएको जनाएको छ।

बिहीवार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आव ०८१/८२ बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा उक्त व्यवस्था गरिएको बताएका हुन्।

यसअघि नन ग्रेडेड भएका विद्यार्थीहरूले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था थिएन तर अब पाउने भएका छन्।

त्यस्तै, सिटिइभिटीका आङ्गिक शिक्षालयहरूमा नर्सिङ र फार्मेसीको कक्षा सञ्चालन शुरु भएको, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान एमबिबिएस अध्यापन प्रारम्भ भएको पनि प्रतिवेदनमा उल्लेख छ।


Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.