Breaking News
चिसोमा विद्यार्थीलाई न्यानो कपडा

चिसोमा विद्यार्थीलाई न्यानो कपडा

अनिल पराजुली
हेटौँडा, माघ ९ गते । 
पूर्वी मकवानपुरमा ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपालअन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुर तथा जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको संयुक्त आयोजनामा बागमतीमा रहेका सामुदायिक विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । चिसो मौसम र शैक्षिक सामग्री अभावका कारण बालबालिकाको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो ।

मङ्गलबार बागमती गाउँपालिका वडा नं ३ का ३ विद्यालयमा अध्ययनरत ६६ जना सहयोगापेक्षी विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । बागमती गाउँपालिका वडा नं ३ गढनसिरस्थित श्री फुल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत सहयोगापेक्षी विद्यार्थीहरूलाई स्विटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको हो । सो विद्यालयमा २३ जना विद्यार्थी अध्ययनरत रहेकोमा नियमित ११ जना विद्यालय आउने गरेको फुल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक दीपबहादुर पाख्रीनले जानकारी दिनुभयो ।

यसैगरी, वडा नं ३ गढन स्थित श्री जनश्रम आधारभूत विद्यालयमा अध्ययनरत २३ जना सहयोगापेक्षी विद्यार्थीहरूलाई स्विटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको छ । यस्तै, श्री जनप्रभात आधारभूत विद्यालयका ३२ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्नुहुँदै बागमती गाउँपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष कमान सिं पाख्रीनले मानव कल्याण हेतु गरिएको सामाजिक कामका लागि धन्यवाद दिनुभयो । जिल्लाको दुर्गम र पुरानो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेकोप्रति उहाँ खुसी हुनुभयो । कार्यक्रममा बागमती गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक राजेन्द्र गोले, बागमती गाउँपालिकाका कार्यपालिका सदस्य एवम् वडा नं ३ का वडा सदस्य भगवती माझी र वडा नं ३ का वडा सदस्य तुलबहादुर मोक्तान लगायतकाको सहभागिता रहेको थियो ।

सामाजिक कार्यमा अग्रसर संस्थाले प्रत्येक महिनाको अन्तिम शनिबार जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गर्नुका साथै निःशुल्क औषधी वितरण पनि गरिरहेको छ भने प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीका लागि न्यानो कपडा, असहायका लागि खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सम्मान, सामाजिक सेवा मन्दिर सरसफाइलगायत सामाजिक कार्यक्रममा स्वयंसेवक रूपमा सहयोग गर्दै आएको छ । २०६५ मा काठमाडौंमा स्थापना भएको संस्थाले प्रत्येक वर्ष न्यून आय भएका विद्यार्थीलाई यसैगरी सहयोग गर्दै आएकाले यस वर्ष पनि सहयोग गरिएको डिजाइन यूथ क्लब नेपाल मकवानपुर संयोजक विवेक सुवेदीले जानकारी दिनुभयो ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.