Breaking News
विद्यालय जाँदै गर्दा भीरबाट लडेर छात्रा गम्भीर घाइते

विद्यालय जाँदै गर्दा भीरबाट लडेर छात्रा गम्भीर घाइते

बैतडी, माघ ३० गते । नगरपालिकामै हिँड्ने बाटो नहुँदा विद्यालय जाँदै गरेकी एक छात्रा भीरबाट लडेर गम्भीर घाइते भएकी छन् । पाटन नगरपालिका– २, भुलकट्टे गाउँका १६ वर्षीया छात्रा सावित्री पाण्डेय विद्यालय जाँदै गर्दा लडेर गम्भीर घाइते हुनुभएको  हो ।

पाटन नगरपाकिला–२, सिलङ्गामास्थित सिद्धनाथ मावि कक्षा १० मा अध्ययनरत छात्रा बुधबार घनघस्याको उकालो सुरु हुने अघोरीगाड माथिको खेती भीरबाट लडेर गम्भीर घाइते भएको प्रधानाध्यापक लक्ष्मण बोहराले जानकारी दिनुभयो । उहाँले विद्यालय आवतजावत गर्ने बाटो निकै साँधुरो र भिरालो भएका कारण छात्रा लडेर घाइते भएको बताउनुभयो ।  

घाइते छात्रालाई बेहोस अवस्थामै एम्बुलेन्समार्फत उपचारका लागि डडेलधुरा पठाइको छ । छात्राको टाउकोमा गम्भीर चोट लागेको विद्यालयले जनाएको छ । घाइते छात्रा विद्यालयका उत्कृष्ट विद्यार्थी रहेको प्रधानाध्यापक बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भुलकट्टे गाउँबाट विद्यालय आउने बाटो ओरालो र निकै साँघुरो छ । त्यसमाथि सल्लीपिरका कारण विद्यार्थी चिप्लेर लड्ने गरेका छन् । आज ठुलै दुर्घटना भयो । खेती भीरबाट लडेकी छात्रा घनघस्याको उकालो सुरु हुने अघोरीगाडमाथिको कुलोमा रोकिएको भेटौं ।”

छात्रासँगै उहाँका बहिनी पनि विद्यालय आउँदै गरेकाले समयमै खबर प्राप्त भएको विद्यालयले जनाएको छ । भुलकट्टे गाउँबाट सिद्धनाथ मावि सिलङ्गा २५ जना विद्यालय अध्ययन गर्न आउने गरेका छन् ।  विद्यालय आवतजावत गर्ने बाटो नहुँदा विद्यार्थीहरु भीरबाट लडेर घाइते हुने क्रमम बढेकाले विद्यार्थी र अभिभावकलाई सचेत हुन विद्यालयले आग्रह गरेको छ ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.