Breaking News
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

काठमाडौँः निजि तथा आवासीय बिद्यालय  अर्गनाइजेसन नेपाल(प्याब्सन)को १६ औं अधिवेशन शुरु भएको छ। काठमाडौको कमलादीस्थित एकेडेमिहलमा महाधिवेशन शुरु भएको हो। अधिवेशनमा केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् । भने अरु पदहरुमा भने निर्वाचन हुने भएको छ।  

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरे।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताए।

सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने र यसमा निजी क्षेत्रको पनि साथ लिने उनले स्पष्ट गरे।

'यदि निजी विद्यालय हुँदैन थिए भने शैक्षिक स्तर कस्तो हुन्थ्यो नेपालको ? कति प्रतिशत विद्यार्थी पास हुन्थे ? प्याप्सन समेत जोड्दा SEEमा ४८% विद्यार्थी पास भइरहेको छन्। माइनस प्याप्सन गर्ने हो भने ४८ को कति प्रतिशत ?' - प्रधानमन्त्री केपी शर्मा ओली

“शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस्। नियम, कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस्। यो उद्योग होइन। अत्यधिक मुनाफा ननिकाल्नुस्,” प्रधानमन्त्री ओलीले भने, “लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस् दक्ष र कुशल नागरिक उत्पादन गर्नुस्। लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन सेवा दिनुस् तर तपाईंहरु जोगी पनि नहुनुस्।” प्रधानमन्त्री ओलीले देशभक्ति, स्वाधीनता, वीरताको इतिहास सिकाउन र अरूको दान दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्न अभिप्रेरित गर्नेगरी अध्ययन अध्यापन केन्द्रित हुनुपर्नेमा जोड दिए।

 

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्वअध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डाक्टर विजय सम्बाहाम्फेलगायतलाई सम्मान प्रदान गरे।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.