Breaking News
शिक्षालाई अब सीपसँग जोड्नुपर्छ : उपप्रधानमन्त्री सिंह

शिक्षालाई अब सीपसँग जोड्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं, माघ २६ गते । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब शिक्षालाई सिपसँग जोड्नुपर्ने बताउनुभएको छ । शनिबार निर्भाना एकेडेमीको वार्षिकोत्सव समारोहलाई सम्बाधेन गर्नुहुँदै उहाँले शैक्षिक प्रमाणपत्रसँगै अब अब सिपको प्रमाणपत्र पनि दिन सक्नुपर्ने बताउनुभएको हो ।

उहाँले शैक्षिकसँगै सिपको प्रमाणपत्र दिँदा विद्यार्थीहरूमा आत्मबल बढ्ने बताउनुभयो । ‘‘समयको माग र विद्यार्थीहरूको चाहनाबमोजिम सिपलाई पनि जोडेर जाँदा अझ राम्रो हुन्छ,’’ उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले अहिले नेपालमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संघसंस्थाहरू रहेको भन्दै स्वदेशमै बसेर पनि गुणस्तरीय शिक्षा लिन सकिने बताउनुभयो । तर पढ्नका लागि विदेशनै जाने ट्रेन्ड चलेको भन्दै उहाँले त्यसलाई रोक्नका लागि कम्युनिकेसन ग्याप हटाउनुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो गर्नका लागि पनि उहाँले शुभकामना दिनुभयो  ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.