फागुन, ३ गते/ काठमाडौ। मधेस प्रदेश, शिक्षा तथा सांस्कृतिक मन्त्रालयले १३२ जना स्वयंसेवक शिक्षकको लागि दर्खास्त आह्वान गरेको छ। मन्त्रालयले माध्यमिक तह (कक्षा ९–१०) का लागि बुधबार नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयमा स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो।
शिक्षा तथा सांस्कृति मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम "स्वयंसेवक शिक्षक कार्यक्रम संचालनका लागि माध्यमिक तह (कक्षा ९-१०) का स्वयंसेवक शिक्षकहरु भर्नाको लागि आवेदन माग गरेको हो।
प्रदेश स्वयंसेवक शिक्षक परिचालन कार्यविधि, २०८१ बुँदा नं. ५ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यसै साथ संलग्न बमोजिमको दरखास्त फाराम भरी यस मन्त्रालयमा बुझाउन दरखास्त आव्हान गरिएको छ ।
2025 © Education Manch. All Rights Reserved.