Breaking News
ललितपुरको एक्मी कलेजका सञ्चालक झा सम्पर्कविहीन, विद्यार्थीको बिचल्ली

ललितपुरको एक्मी कलेजका सञ्चालक झा सम्पर्कविहीन, विद्यार्थीको बिचल्ली

काठमाडौँ : ललितपुरको बागडोलमा रहेको एक्मी कलेज अफ इन्जिनियरिङका सञ्चालक शैलेन्द्र मोहन झा सम्पर्कविहीन बनेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बोर्ड सदस्य समेत रहेका झा लामो समयदेखि सम्पर्कविहीन भएका हुन् ।

सञ्चालक नै दसैँदेखि सम्पर्कमा नआएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू अलपत्र परेका हुन्। डिप्लोमा तहका शैक्षिक कार्यक्रम, डिप्लोमा इन सिभिल, कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका कोर्सहरू अध्यापन गराउँदै आएको छ । लामो समयदेखि तलब भत्ता नपाएपछि कतिपय शिक्षक कर्मचारीले कलेज छोडेका छन् । यतिबेला कलेज १/२ जना मात्रै कर्मचारीको भरमा छ । शिक्षक नै नभएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरूले दसैँपछि पढ्न पाएका छैनन् ।

कलेजमा महिनौँदेखि प्रिन्सिपल तथा शिक्षककहरू नै नआउने गरेको विद्यार्थीहरूको भनाइ छ । ‘महिनौंदेखि पढ्न पाएका छैनौँ । परीक्षा फाराम समेत भर्न पाएका छैनौँ । कलेजका सञ्चालक–प्रिन्सिपल सम्पर्कविहीन छन् । पटक पटक कलेज सञ्चालकसँग समस्या समाधान गर्न माग गर्दा केही मतलब गर्नुभएको छैन । कलेज एउटा रिसेसप्सनको भरमा चलिरहेको छ,’ एक विद्यार्थीले भने ।

लामो समयदेखि पठनपाठन नभएपछि विद्यार्थीहरूले सीटीईभीटी गुहारेका थिए । सीटीईभीटीका कर्मचारी कलेजमै गएर कर्मचारीहरूसँग सहमति गराएका थिए । सहमति अनुसार कलेजमा नियमित पठनपाठन गराउने भन्ने थियो । तर, सहमतिपछि पनि पठनपाठन नभएपछि विद्यार्थीहरू आज सानोठिमीस्थित सीटीईभीटी कार्यालय धाउने गरेका छन् ।

 

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.