फागुन २० गते काठमाडौँ । शिक्षक सेवा आयोगद्वारा एकै पटक ५ हजार २ सय ८४ जना उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको छ ।
आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको माध्यमद्वारा लिखित परीक्षा र अन्तर्वार्ता समेतबाट गरी ७५ जिल्लाका लागि छनोट गरिएका उम्मेदवारहरूलाई सिफारिस गरेको हो ।
विषयमा विभिन्न मितिमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट माग भइ आएबमोजिम २०८१।१। १२ गते प्रकाशित विज्ञापनअनुसार शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ ख को उपदफा (१) तथा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ४ र २४ बमोजिम स्थायी नियुक्तिका लागि संलग्न जिल्लागत एकमुष्ट योग्यताक्रम, विभिन्न मितिका उम्मेदवार सिफारिस सम्बन्धी सूचना र अन्य सङ्ख्यात्मक विवरण आयोगको फागुन १९ गतेको निर्णयअनुसार पठाइएको जानकारी दिएको छ।
2025 © Education Manch. All Rights Reserved.