माघ, १५ गते काठमाडौ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले चैतअहिना मा संचालित हुने परिक्षाको आवेदन फारम खोलेको छ।
परिषदका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ तर्फका सम्पूर्ण कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फूड एन्ड डेरी टेक्नोलीजी, सोनियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट, ब्यूटी एन्ड कस्मेटोलोजी र कृषि (बाली विज्ञान र पशु विज्ञान) प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रमम खण्डको नियमित/आंशिक परीक्षाको परिक्षा आवेदन फारम खुलेको हो।
परीक्षार्थीहरूले मिति २०८१ माघ २९ गतेभित्र नियमित शुल्कमा र २०८१ फागुन ०६ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भरी बुझाउन सक्ने छन् ।
प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम र विपन्न/प्राविधिक शिक्षामा पहुँच नपुगेका पालिका अन्तर्गत डिप्लोमा इन सिभिल, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर), अटोमोबाइल, जियोमेटिक्स, इलेक्ट्रिकल, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, बायोमेडिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रॉनिक्स इन्जिनियरिङ, फूड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा कृषि (वाली विज्ञान र पशु विज्ञान) कार्यक्रमको प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको निमित/आंशिक र डिप्लोमा इन मेडिसिनल एन्ड एरोमेटिक प्लान्टस् दोस्रो वर्ष नियमित परीक्षा समेत सोही समयमा सञ्चालन हुने भएकाले माथि उल्लिखित मिति र समयमा आवेदन फाराम भर्न/भराउनुहुन अनुरोध गरेको छ।
साथै निम्न सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र आवेदन फाराम नबुझाउने शिक्षण संस्थाका विद्यार्थीहरूलाई परीक्षामा सम्मिलित नगराइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
१. शिक्षालयले शैक्षिक सत्र २०७६/०७७ (ई.स. २०१९) देखि ITMS Online बाट रजिस्ट्रेसन कायम भएका माथि उल्लिखित सम्पूर्ण कार्यक्रमका परीक्षार्थीहरूको नियमित आंशिक परीक्षा आवेदन फाराम ITMS Online बाट शिक्षालयले आफ्नो User बाट Login गरी नियमितका लागि सेती र आशिकका लागि पहेंलो A4 साइजको कागजमा प्रिन्ट गरी परीक्षार्थीहरूलाई वितरण गर्नुपर्नेछ।
२. नियमिततर्फ आङ्गिक, नामुदायिक र परिषद्सँग साझेदारी गरी सञ्चालित शिक्षण संस्थाहरूको सेमेस्टर परीक्षा प्रणालीको हकमा प्रति विद्यार्थी रु. ५००/- तथा निजी शिक्षण संस्थाको हकमा रु. २,०००/- र विलम्ब शुल्कमा प्रति विद्यार्थी निमित परीक्षा शुल्कको दोब्बर दस्तुर बुझाउनुपर्नेछ । सार्थ नियमित शुल्कको समयभित्र Web based online system मा फाराम Entry नगरेमा विलम्ब शुल्क समेत लाग्नेछ।
३. आशिक परीक्षार्थीको हकमा एक सैद्धान्तिक वा प्रयोगात्मक विषयका लागि परीक्षा शुल्क रु. ३००/- र प्रत्येक थप सैद्धान्तिक वा प्रयोगात्मक विषयका लागि रु. १५०/- का दरले नियमित शुल्कमा र विलम्ब शुल्क पति विद्यार्थी तोकिएको शुल्कको दोब्बर दस्तुर बुझाउनुपर्नेछ।
४. सम्बन्धित शिक्षण संस्थाहरूले परीक्षा आवेदन फाराम बुझाउँदा विषयगत नियमित तथा आशिक एवं नयाँ तथा पुरानी पाठ्यक्रमको छुट्टाछुट्टै फायल खडा गरी शुल्क बुझाएको रसिद संलग्न गरी परिषद्का प्रदेश कार्यालयहरूमा तोकिएको मितिभित्र दर्ता गर्नुपर्नेछ।
५. सम्बन्धित शिक्षण सस्थाहरूले परीक्षा आवेदन फाराम शुल्क बापतको रकम नियमित शुल्क बुझाउने अन्तिम मिति तथा विलम्ब शुल्क बुझाउने अन्तिम मितिको भोलिपल्ट अनिवार्य रुपमा सम्बन्धिन प्रदेश कार्यालयको बैंक स्वातामा रकम जम्मा गरी सक्कल बैंक भौचर ITMS Online मा सोही मितिमा Upload गर्नुपर्नेछ। CTEVT Students
६. नियमित तर्फका जेहेनदार तथा वर्गीकृत (निःशुल्क) छात्रवृत्नि प्राप्त परीक्षार्थीहरूलाई परीक्षा शुल्क लाग्ने छैन।
७. आशिक परीक्षामीको हकमा शैक्षिक सत्र २०७६/०७७ (ई.सं. २०१९) देखि भर्ना भई रजिस्ट्रेसन भएका विद्यार्थीहरूले मात्र परीक्षा आवेदन फाराम भर्न पाउनेष्ठन् । सम्पूर्ण कार्यक्रमहरूको Online आवेदन फारामहरू Web based online system मा entry गरी कार्यक्रमगत समष्टिगत फाराम क्रमानुसार मिलाई Printed Copy समेत एक प्रति सोही फाइलमा संलग्न गर्नुपर्नेछ। आशिक परीक्षार्थीहरूको हकमा आन्तरिक मूल्याङ्कन परीक्षामा अनुत्तीर्ण (NQ) परीक्षार्थीहरूको मात्र आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क परीक्षा फाराममा तथा Web based online system मा Entry गरी एक प्रति प्रिन्ट गरी सत्ती छाप गरी बुझाउनुपर्नेछ।
९. निमिततर्फ वार्षिक/सेमेस्टर परीक्षा प्रणालीका परीक्षार्थीहरुको परीक्षा आवेदन फारामहरू Web based online system मा entry गरी समष्टीगन अनुसार फारामको क्रम अनुसार मिलाई कार्यक्रम अनुसारको Internal Assessment र समष्टीगल फारामको Printed Copy समेत एक प्रति सोही फाइलमा संलग्न गर्नुपर्नेछ ।
१०. आन्तरिक मूल्याङ्कन परीक्षामा उत्तीर्ण परीक्षार्थीहरू मात्र अन्तिम परीक्षामा सामेल हुन पाउनेछन्। आन्तरिक मूल्याङ्कन परीक्षामा अनुत्तीर्ण (NQ) परीक्षार्थीहरु अनुतीर्ण विषयको परीक्षामा सामेल भएमा निजको सो विषयको परीक्षा स्वतः रद्द हुनेछ।
११. अन्य शिक्षण संस्थाबाट रजिस्ट्रेसन भएका विद्यार्थीहरूको हकमा उक्त संस्थाको नाम परीक्षा आवेदन फाराममा उल्लेख गरी स्थानान्तरण पत्र संलग्न गर्नुपर्नेछ।
१२. शुल्क बापतको रकम दाखिला गर्ने परिषद्का प्रदेश कार्यालयहरूको बैंक खाना विवरण यस प्रकार रहेको छ।
2025 © Education Manch. All Rights Reserved.