Breaking News
शिक्षा ऐन जारी गर्न शिक्षक महासंघ सोलुखुम्बुको माग

शिक्षा ऐन जारी गर्न शिक्षक महासंघ सोलुखुम्बुको माग

सोलु, फागुन ९ गते । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुले सङ्घीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले शुक्रबार २२ बुँदे मागसहित शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुमा ध्यानाकर्षणपत्र बुझाएको छ । 

शिक्षक तथा विद्यालय कर्मचारीको माग सम्बोधन हुनेगरी संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गराउन मागसहित ध्यानाकर्षणपत्र बुझाएको हो । 

अस्थायी प्रकृतिको शिक्षक सम्बन्धमा, कार्यसम्पादन मूल्याङ्कन, शिक्षक कर्मचारीको सरुवा लगायतका विषयलाई विद्यालय शिक्षा ऐनमा समावेश गरिनुपर्ने शिक्षकहरूको माग छ ।  

विगतमा भएको सबै सहमति सम्बोधन हुनेगरी विद्यालय विद्यार्थी शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउन आन्दोलनमा जानु बाहेक अरु विकल्प नरहेको ज्ञापनपत्रमा उल्लेख छ । 

शिक्षा र शिक्षकका समस्याबिच राज्य गम्भीर हुनुपर्ने, पटक पटकका सहमति अनुसार शिक्षा क्षेत्रमा राज्यले काम नगरेको सरकारले शिक्षालाई सेवामूलक नभई नाफामूलक बनाएको भन्दै ध्यानाकर्षणपत्र बुझाएको नेपाल शिक्षक महासङ्घ सोलुखुम्बुका अध्यक्ष जनककुमार थापाले बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घले २०८० असोज ३ गतेदेखि ५ गतेसम्म ३ दिन काठमाडौँमा राष्ट्रिय शैक्षिक आन्दोलन घोषणा गरी आन्दोलन गरेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका निमित्त प्रमुख बिर्माकुमारी डाँगीले कार्यालयको तर्फबाट सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाइने बताउनुभयो । 

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.