Breaking News
शिक्षा क्षेत्रमा गोल्छा समूहको प्रवेश, ‘पढाई सकेपछि जागिर पक्का’

शिक्षा क्षेत्रमा गोल्छा समूहको प्रवेश, ‘पढाई सकेपछि जागिर पक्का’

काठमाडौं । ठूला व्यवसायिक घराना गोल्छा ग्रुप शिक्षा क्षेत्रमा प्रवेश गरेको छ । लामो समयदेखि उद्योग व्यवसाय संचालन गर्दै आएको यो ग्रुपले नेपालमै उच्च गुणस्तरको शिक्षा उपलब्ध गराउन एम्बार्क कलेज स्थापना गरेको हो ।

एम्बार्क कलेजको नेतृत्व आशिष ठाकुरले गरिरहेका छन् । उनी  लाहानबाट काठमाडौं आएका हुन् । कक्षा ५ देखि नै काठमाडौंमा पढाई सुरु गरेका ठाकुरले ब्याचलर बिजनेस एड्मिनिस्ट्रेशनमा विदेशी विश्ववीद्यलयबाट सम्बन्धन प्राप्त नेपाली कलेजमा नै गरेका छन् ।

व्यावसायिक रुपमा स्किल डेभलपमेन्ट एजुकेशन सेक्टरमा काम गरिरहेका ठाकुरको ३५ वर्षको पारिवारिक व्यापारिक विरासत छ । व्यवसायमा ठाकुरको अनुभव भने १२ वर्ष देखिकाे रहेकाे छ । उनी  स्किल डेभलपमेन्टमा फोकस गरी काम गरिरहेका छन् ।

लामो समयदेखि ग्लोकल कम्पनीबाट स्किल डेभलपमेन्टको काम गरिरहेका ठाकुरले गोल्छा ग्रुपसँग मिलेर एम्बार्क कलेज सुरु गरेका छन् ।

नेपालमा अहिले एसएलसी पास गरेदेखि नै विदेशमा गएर पढ्ने क्रम बढ्दै गएको छ । नेपालमा स्थापना भएका कलेजहरु बिक्री हुने क्रम पनि बढ्दो क्रममा छ । तर गोल्छा ग्रुप र ग्लोकलले भने नेपालमा कलेजको सम्भावना रहेको भन्दै लगानी गरेको छ । कलेजका संचालक आशिष भने नेपालबाट मानिसहरु बाहिर गैरहेको भाष्य नै परिवर्तन गर्नुपर्ने तर्क गर्छन् ।

उनी भन्छन्,“सबै भन्दा ठूलो संवाद नै त्यही हो । मान्छे बाहिर गइरहेका छन् भन्ने कुरा गर्दै गर्दा कसैले होटेल, कसैले हस्पिटल विभिन्न क्षेत्रमा लगानी बढाइरहेका छन् । नेपालमा मान्छे भएर नै खोली रहेको हो । हामीले सबै मान्छे बाहिर गए भनेर एउटा भाष्य बनाइदिएका छौं । यो परिर्वतन हुन आवश्यक छ ।

हामीलाई हेरी रहने कति मान्छे यहि छन् तर कतिलाई बाध्यता भएर बाहिर जान्छन् तर नेपालमा भएका मान्छेले त राम्रो पढ्न पाउँनुपर्यो नि । विदेशमा हामी जे करणले पढ्न जन्छौं मेजरली मार्केटलाई सुहाउँदो कोर्सहरुको कारण र बाध्यत्मक कारणले मान्छेहरु बाहिर जान्छन् अरु बाध्यतमाक करणले गर्दा गएकाहरुलाई रोक्न सकिन्न ।”

नेपालमै उच्च गुणस्तरको शिक्षा खोज्नेलाई अवसर दिनुपर्ने उनको भनाइ छ । नेपालमा बेटर एजुकेशन राम्रो इन्फ्रास्ट्रक्चर भएको कलेजमा पढ्न पाइन्छ कि पाइदैन, त्यो कलेजले परिक्षा लिने र सर्टिफिकेट मात्रै दिन्छ कि सिप पनि सिकाउँछ । जसलाई व्यवसायिक जीवनमा सेल्फ एम्प्लोइमेन्ट लागि सर्पोट गर्छ कि गदैन विद्यर्थीलाई यो अपर्चुनिटि दिनका लागि कलेज स्थापना गरेका आशिषको भनाइ छ ।

उनी थप्छन्, “हाम्रो कलेजले विद्यार्थीहरु यति प्रतिशत ल्याउनुपर्छ भनेर फोकस गर्दैन । विद्यार्थीहरुमा केही गरुम भन्ने सोच हुनुपर्यो प्रोफेसनल लाइफ वा आफ्नो लाइफमा उसले लागेर विभिन्न सिप सिक्न मिल्ने, विभिन्न नेटवर्किङहरुको काम गर्न मिल्ने र उसले धेरै भन्दा धेरै मान्छे चिन्न सक्छ ।  र आफ्नो काम अगाडी बढाउन सक्छ । सबै कुराहरु गर्न सक्ने विद्यार्थी हामीले खोजेको हो । हामीले भर्ना क्राइटएरीयामा विद्यर्थीलाई हामीले आफैं चिन्ने भनेर अन्तर्वार्तालाई विशेष मापदण्ड राखेका छौं ।”

विद्यर्थीलाई  एकेडेमिक सिपको लेबलमा इन्टरनेश्नल एक्स्पोजरदेखि लिएर नेश्नल एक्स्पोजरहरुलाई ‘भ्यालु फर मनि’ दिने कलेजको योजना छ । कलेजले विद्यार्थीहरुले पढेको कुरालाई  रोजगारीमा परिणत गर्न  ‘बिजनेस इन्कूभेसन एट एम्बार्क’ भनेर इन्टरनेश्नल बिजनेस सुरु गरेको छ । जसलाई नेपाल र विदेश दुबैका उद्यममा पोक्त भएका व्यक्तिले लिड गर्नेछ । यो कार्यक्रमले विद्यार्थीहरुलाई बिजनेसम्यान कसरी बनाउने त्यो बिजनेसम्यानलाई कसरी एक्टीभेट गर्ने त्यसमा के-के समस्याहरु आउँछन् फन्डिङ कसरी खोज्ने यो सबै कुरा सुरु देखि नै विद्यर्थीहरुलाई अपर्चुनिटि  कलेजले दिनेछ ।

यसरी विद्यर्थीहरुलाई एकेडेमिक सर्पोट दिने विद्यार्थी यस कलेजबाट पास आउट भएर निस्केपछि उसलाई कुनै पनि किसीमको ट्रेनिङ लिन नपरोस् उसलाई फेरी इन्टर्नसिपको लागि जान नपरोस् पढेको बेलामा नै यो सबै कुराहरु उसले गर्न सिकोस् भन्ने हिसाबले कलेजले कार्यक्रम बनाएको छ ।

विद्यार्थीको सिकाई प्रकृयाका लागि आशिष भन्छन्, “हामीले शिक्षाको क्वालीटिका कुरा गर्ने हो विद्यार्थी रुचि कस्तो छ भनेर त्यसमा हामीले काम गरेका छौं । विद्यार्थीको एक्सपिरिएन्सलाई बढी फोकस गरेका छौं । कलेज भनेको आफ्नो आइडीय, साथी बनाउने ठाउँ हो । यसको लागि विद्यार्थीलाई हामीले स्पेस दिने हो । विद्यार्थीहरुले रातिको ९ बजेपनि कलेजलाई अफिस सोचेर काम गर्ने पाओस् भनेर विद्यार्थीको एक्पिरिएन्समा बढी फोकस गरेका छौं । धेरै भन्दा धेरै राम्रो किसीमले गर्ने सकियोस भन्ने हाम्रो लक्ष्य हो ।”

कलेजले कुनै विद्यार्थीहरुलाई कन्भिन्स नगर्ने र क्वालिटीमा जोड दिने आशिषको भनाइ छ । कलेजमा दुई वटा व्यावसायी समूहरुको लगानी छ । व्यवसायिक इतिहासका बारेमा ठाकुर भन्छन्,“हामीले लिड गरेको ३० वर्ष भयो ३० वर्ष देखि नै एजुकेशन मै छौं । गोल्छा ग्रुपको कुरा गर्ने हो भने सय वर्ष भन्दा बढी विभिन्न ग्रुप र इन्डस्ट्रिमा हुनुहुन्छ । उहाँहरुको यो सबै जोडेर १ सय ३० वर्षको इतिहस बोकेर हिडिरहेका छौं । यो बोकेर हिडिरहदाँ हामीले ट्रष्टलाई एकदम ठूलो फ्याक्टर बनाएका छौं ।

यो भनेको यही कलेजबाट ठूलो प्रोफिट कमाएर ल अब यही हो है यसबाट नै गनुपर्छ भनेर कहिलेपनि सोचेका छैनौं । एजुकेशनमा आएपछि ‘एजुकेशन इज नट अ बिजनेस’ यो एउटा उत्तरदायीत्व पनि हो ।”

विद्यार्थीहरुले देश छाड्यो भनेर कहिले पनि नभन्ने आशिषको भनाइछ । उनी थप्छन्, “हामीले कसैलाई यो ठाउँबाट त्यो ठाउँ नजाउ भन्न सक्दैनौं । हामीले बरु यस्तो एजुकेशन बनाउन पर्छ कि अरु देशबाट हाम्रोमा विद्यर्थी पढ्न आउन भन्ने तिर हामी लाग्नुपर्छ । विद्यार्थी गयो भनेर हामीले कम्प्लेन गर्ने होइन् ।” कलेज संचालकहरु ठूलो व्यावसायिक घराना र शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष नै भैसकेकाले एउटा बलियो सर्कल बनाएको छ । यसरी कलेजबाट उत्पादन भएको जनशक्ति नेपाली व्यावसायिक क्षेत्रमा नै लगाउने कलेजको योजना छ । यस्तै, विद्यार्थीको क्षमता अनुसार विश्वभर नै रोजगारीको सम्भावना खोज्न सहयोग गर्नेछ । कलेजले पढाई सकिएपछि रोजगारीको सुनिश्चितता समेत गर्ने दाबी गरेको छ ।

एम्बार्क कलेज कस्तो कलेज हो ?

एम्बार्क कलेज बेलायतको युनिर्भसीटी अफ ‘रो ह्याम्टन’ र नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्विकृति पाएर सञ्चालन गरेको कलेज हो । यो कलेजमा २ वटा कार्यक्रम छ । नेपाल सरकारको नियम अनुसार ब्याच्लर ४ वर्ष र मास्टर्स २ वर्षको हुन्छ । नेपाल सरकारको नियम अनुसार नेपाली विश्व विद्यालयबाट स्वीकृति लिन उत्कृष्ट हजार भित्रको विदेशी कलेज भएको हुनुपर्छ । यस अनुसार एम्बार्कले सबै मापदण्ड पुरा गरेको छ । कलेजमा ४ वर्षे बिएसी र २ वर्षे एमबीए कार्याक्रम सुरु भएको छ । यी दुई कार्यक्रममा ‘रो ह्याम्टन’को कोर्स र नेपालको परिवेशलाई पनि समेटेको छ।

नेपाली कम्पनी र नेपाली उद्योगलाई आवश्यक पर्ने जनशक्ति तयार गर्नेगरी करिकुलम तयार गरिएको छ । कलेजमा नेपालका प्रतिष्ठित व्यवसायीहरुले पनि क्लास लिनेछ । कलेजमा पढ्ने विद्यार्थीहरुका लागि यो सुनौलो अवसार हो ।

कलेजका अनुसार नेपाली उद्योगपतिसँग सल्लाह गरी कस्तो जनशक्ति आवश्यक पर्ने हो, सोहि किसिमको जनशक्ति उत्पादन गर्नेछ । पढाई सकिएपछि अनुभवका लागि पुन: ट्रेनिङ लिन नपर्ने गरी विद्यार्थीलाई कलेजले ट्रेन गराउनेछ । नेपालमा यस्तो कलेज पहिलो बनेर देखाउने कलेजको योजना छ ।

क्वालीटिको आधारमा विद्यर्थीलाई भ्यालु ‘फर मनी’ दिने कलेजको दाबी छ ।

क्वालीटि कस्तो छ ?

बेलायतको रो ह्याम्टन युनिर्भसिटीमा जसरी पढाई हुन्छ नेपालमा पनि पढाइको सैलि त्यही नै हुनेछ । त्यहाँका विद्यर्थीले लाइब्रेरी जुन प्रयोग गरेका छन् यहाँ पनि त्यही अनलाइन लाइब्रेरी प्रयोग गर्छन् । ‘रो ह्याम्टन’कै व्यावस्थापन आएर कलेजको व्यवस्थापनको अनुगमन गर्नेछ ।

कलेजले नेपाली र विदेशी दुबै देशका शिक्षकहरुको प्रयोग गर्नेछ ।  विभिन्न विश्वविद्यलयमा पढाइ रहेको लेक्चरहरु,भिजिटिङ प्रोफेसरहरु छन् । कलेजले कम्तिमा १० वर्षको अन्तर्राष्ट्रिय कलेजमा पढाएका शिक्षकहरु राखेको छ । कलेजले १० प्रतिशत पुर्ण रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छुट्याएको छ । नेपाल सरकारको १० प्रतिशत स्कलरसीपको मापदण्ड कलेजले पुर्ण रुपमा पालना गरेको छ । उदाहरणका लागि  १०० जना विद्यथीहरुमा १० जनालाई पुर्ण रुपमा छुटको व्यवस्था गरेको छ ।

कस्तो छ कलेजको भौतिक संरचना

कलेजले एक सिजनमा ६ सय विद्यर्थी पढाउन मिल्ने गरी संरचना तयार गरेको छ। लोकेशनको हिसाले कुपन्डोल चोकमै पुल्चोक इन्जिनियरिङ क्याम्पससँग भवन तथा जग्गा लिजमा लिएको छ । काठमाडौं भ्यालीमा बसोबास गर्ने सबै विद्यार्थीहरुलाई सो लोकेशन सहज पर्नेछ ।

एम्बार्क कलेजमा कक्षा कोठाको नाम नेपालका विभिन्न तालहरुको नामबाट राखिएको छ । जस्तै, फेवाताल,रारा ताल, बेगनास ताल इत्यादी राखेको छ । कलेज भित्रै उच्च गुणस्तरको खाजा पसल र फर्निचरहरु राखिएका छन् । विद्यार्थीहरुलाई रिफ्रेसमेन्टका लागि पुल, स्नोकर, टेबल टेनिस खेल्ने ठाउँहरु बनाइएको छ । विद्यार्थीहरुलाई बिहानदेखी बेलुकासम्म कलेज गएर काम गर्न सक्नेछन् । यसरी कलेजले विद्यार्थीलाई एउटा आफ्नै अफिसको रुपमा विकास गरेको छ । कलेजमा हिमालयन जाभा कफि पनि राखेको छ ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.