Breaking News
केयू उपकुलपतिका लागि १० जना सर्टलिस्टमा

केयू उपकुलपतिका लागि १० जना सर्टलिस्टमा

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा १० जना प्राध्यापक सर्टलिस्ट (संक्षित सूची) मा परेका छन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले सोमबार २० जना आवेदकबाट १० जनाको सूची सार्वजनिक गरेको हो ।

वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको सूचीमा निमित्त उपकुलपति अच्युत वाग्ले, विज्ञान संकायका डिन कन्हैया झा, सोही संकायका डीन जनार्दन लामिछाने, शिक्षा संकायका डीन बालचन्द्र लुईंटेल, केयू प्राध्यापक संघका पूर्वअध्यक्षहरू विभूतिरञ्जन झा, वेदमणि दाहाल, निवर्तमान उपकुलपति भोला थापा, मेडिकल संकायका पूर्वडीन राजेन्द्र कोजु, प्राध्यापक श्यामनारायण लाभ र पूर्वरजिस्ट्रार सुबोध शर्मा रहेका छन् ।

केयू सभाले संस्थापक उपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा गठन गरेको समितिले एक सय पूर्णाङ्कमा आवेदकहरूबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट अंक प्रदान गर्ने ३ जनामध्येबाट उपकुलपति नियुक्त गर्ने गरी कार्यविधि जारी गरेको छ । त्यसअन्तर्गत ३० अंकको मूल्यांकन गरी सर्टलिस्ट सार्वजनिक गरिएको छ ।

शैक्षिक योग्यता, प्राध्यापक र नेतृत्वको अनुभव, पुस्तक, जर्नल प्रकाशन र अनुसन्धानमा ३० अंक विभाजन गरिएको छ । ७० पूर्णाङ्कमा सर्टलिस्टमा परेकाहरू उम्मेदवारहरूको सोचपत्र, कार्ययोजना र अन्तर्वार्तामा मूल्याकन हुनेछ । सोचपत्र र कार्ययोजनाको प्रस्तुतीकरण फागुन २ र अन्तर्वार्ता ३ गते हुने समितिले जनाएको छ ।

त्यहाँबाट उच्च अंक ल्याउने ३ जनाको नाम प्रधानमन्त्री तथा कुलपतिलाई सिफारिस गर्ने र एक जना नियुक्त गर्ने व्यवस्था गरिएको छ । कार्यविधि नै जारी गरेर प्रतिस्पर्धाबाट उपकुलपति चयन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि सोही विधिबाट त्रिभुवन विश्वविद्यालय लगायतमा उपकुलपति नियुक्त भइसकेका छन् ।10 shortlisted for KU Vice-Chancellorship

केयूको उपकुलपति खोज तथा सिफारिस समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल सदस्य रहेका छन् । थापाको कार्यकाल गत माघ ७ मा सकिएको थियो । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले रजिस्ट्रार वाग्लेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.