Breaking News
कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले भने, शिक्षा विधेयक चालु अधिवेशनबाटै ल्याउनुपर्छ ।

कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले भने, शिक्षा विधेयक चालु अधिवेशनबाटै ल्याउनुपर्छ ।

काठमाडौं । कांग्रेस शिक्षा विभागले आयोजना गरेको ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले विधेयक जुनसुकै हालतमा पनि यही हिउँदे अधिवेशनबाट ल्याउनुपर्नेमा जोड दिएका छन। नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले शिक्षा विधेयक बारे सुझाव दिदै यही हिउँदे अधिवेशनबाट ल्याउनुपर्नेमा जोड दिएका हुन्।

नेपाली कांग्रेसले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सुझाव समेट्नका लागि विमर्श गरिएको थियो। कार्यक्रम बारे बोल्दै शिक्षा बिभाग प्रमुख महरले स्थानीय प्रतिनिधिहरूको धारणा, विद्यालय शिक्षा विधेयकमा गर्नुपर्ने सुधार र कांग्रेसबाट विधेयकका विषयमा बोक्नुपर्ने एजेन्डा के–के हुन् भन्ने विषयमा छलफल गर्दै सुझाव संकलन गरिएको बताए ।

शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला आफूहरूको नीति र प्राथमिकतामा पनि रुपान्तरण आवश्यक रहेको बताउँदै राष्ट्रिय आवश्यकतामुखी एवं अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षाका लागि नीतिमा सामयिक सुधार जरुरी रहेको नेता महरले बताए । उक्त छलफलमा स्थानीय जनप्रतिनिधि सबैले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन जसरी पनि शिक्षा विधेयक ल्याउनुपर्नेमा जोड दिएका थिए।

छलफलमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा शिक्षाको लहर २००७ सालको क्रान्तिपछि आएको भन्दै अब समयअनुकूलको शिक्षा दिन सक्नुपर्ने बताए । उनले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । अहिले शिक्षाको धेरै अधिकार स्थानीय तहमा रहेको भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उनको धारणा थियो ।

कांग्रेसले सदनमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयक निर्माणका लागि निरन्तर छलफल गरिरहेको र पहिलो चरणमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारीसँग विभागले छलफल गरेको थियो । दोस्रो चरणमा सरोकारवालासँग पार्टी मुख्यालय सानेपामा छलफल गरेको हो ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.